नेपाली कांग्रेस अहिले आन्दोलनमा छ : कांग्रेस नेता शेखर कोइराला



मोरङ्-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बर्तमान सरकारले प्रेस स्वन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन ।

नेपाली कांग्रेस मोरङ् क्षेत्र नं-३ ले बिराटचोकमा आयोजना गरेको क्षेत्रिय प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेता कोइरालाले सरकार बने देखीनै नियोजित रुपमा लोकतन्त्र सिध्याउने डिजाइनमा काम भइ रहेकोले त्यसका प्रती सचेत रहन सबैलाई आग्रह गरेका हुन ।

नेता कोइरालाले नेपाली कांग्रेस अहिले आन्दोलनामा रहेकोले भ्रममा नपरी सरकारमा गलत रबैयाको बिरुद्दमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

पछिल्लो समय अहिलेकै सम्मकै ठुलो र सङ्गठित भ्रष्टाचार हुन थालेको जिकिर गर्दै नेता कोइरालाले भ्रष्टाचार र भ्रष्टाचारिलाई बर्तमान सरल्कारले नै सम्रक्षण गरी रहेकोमा जोड दिए ।

अब सबै एक्जुट भएर फेरी सरकारको बिरुद्दमा सडकमा नआए अब फेरी लोकतन्त्र सङ्कटमा पर्ने खतरा रहेकोले एक्जुट हुन सबैलाई नेता कोइरालाले आग्रह गरे ।

कार्यक्रमलाई पुर्व अर्थ राज्यमन्त्री उदय शमसेर राणा लगायत अन्य स्थानिय नेताहरुले सम्बोधन गरेका थिय ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहिबार  २ : १९ बजे