काठमाडौ, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।
आइतबार पूर्वप्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं साहित्यकार वीपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा तीन दिने वीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले बीपी कोइराला विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको स्मरण गरे ।कांग्रेस वीपीले देखाएको राजनीतिक बाटोबाट विचलित नहुने उनको भनाई छ ।उनले भने, ‘वीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ ।’उनले वीपीको राजनीतिक रुपमा मात्रै नभई साहित्यकारको रुपमा पनि देशलाई अमूल्य योगदान गरेको बताए ।सभापति देउवाले वीपीले लेखेका कथा पनि सत्य घटनामा आधारित र साहित्य समाज र वरपर भएका घटनाहरू नै हुने गरेको स्मरण गरे ।














