प्रधानमन्त्री प्रचण्डसँग भ्रमणमा जाने टोलीको आधा संख्या घट्यो,अब जाने कति जना ?



काठमाडौँ , २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने भएको छ ।यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा जाने व्यक्तिहरुको नाम छाँट्न गरेको अनुरोध प्रधानमन्त्रीले स्वीकारेपछि आधा संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । “अब नेपालबाट जाने टोली १२ जना जतिको मात्र हुनेछ ।”अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन्

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  २ : ५७ बजे