नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति : अध्यक्ष नेपाल



काठमाडौं, २६ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्को निधनले लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति भएको बताएका छन् ।


आज नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ्प्रति श्रद्धान्जली व्यक्त गर्दै उनले नेम्वाङ् संविधानको कार्यान्वयन र समझ्दारीको वातावरण सिर्जना गर्ने व्यक्ति भएको स्मरण गर्दै उनको निधनले नेपाली राजनीतिमा ठुलो क्षति पुगेको बताए ।उनले भने, ‘संविधान निमार्ण गर्ने मात्रै होईन् त्यसलाई कसरी कार्यान्वयन गरिन्छ त्यो कुरामा पनि उहाँको धेरै जोड थियो ।समझ्दारीको वातावरण सिर्जना गनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो त्यसकारण पनि उहाँको निधन लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति हो ।’नेम्वाङ्को लोकतान्त्र र कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको भन्दै उनको योगदानलाई इतिहासले सधैँ स्मरण गर्ने र नयाँ पुस्ताले प्रेरणा लिएर अघि बढ्ने उनको भनाई छ ।


उनले भने, ‘राजनीतिक परिर्वतनका प्रत्येक मोडहरुमा कुशलताका साथ नेतृत्वदाही भूमिका निर्वाह गर्नुभयो । सबैलाई मिलाएर लान सक्ने मिलनशार र शालिन व्यक्तित्व हुनुहुन्थ्यो । लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका छ । सबै जटिलताहरुलाई कुशलताका साथ अगुवाई गर्नुभयो उहाँको योगदानलाई इतिहासले सधैँ स्मरण गर्ने छ । नयाँ पुस्ताले उहाँबाट प्रेरणा लिएर अघि बढ्ने छ ।’

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ५ : ०० बजे