राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने



काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।राप्रपा पार्टी कार्यलयका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  ८ : ३० बजे