राप्रपाको काठमाडौं विरोध प्रदर्शन



काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित विरोध सभा तथा प्रदर्शन गरेको छ ।गौबध बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेलगायतका माग राखेर राप्रपाले काठमाडौंमा प्रर्दशनसहितको विरोध सभा आयोजना गरेको हो ।यसअघि नै पत्रकार सम्मेलन गरेर राप्रपाले काठमाडौंमा व्यापक विरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  ३ : ४६ बजे