नेपाली राजनीतिमा नेम्वाङको अभाव आजैबाट सुरुः सांसद बर्तौला



काठमाडौं, २८ भदौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाली राजनीतिमा सुवास नेम्वाङको महशुस आजैबाट सुरु भएको बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शोक पारित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्ने बताए ।‘नेपाली राजनीतिमा उहाँको महशुस आजैबाट सुरु भइसक्यो’ उनले भने, ‘नेपालको यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्छ ।’सिंङगो देशले निकै ठूलो अभाव महसुस गर्ने उनको भनाई छ । उनले युवा पुस्ताका लागि नेम्वाङ विश्वविद्यालयसरह भएको बताए ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ६ : ०० बजे