राजनीतिक परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनि सुधार भएको छ : मन्त्री आचार्य



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनकरुपमा सुधार भएको बताएका छन् । शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले भने, ‘नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका साथै बालबालिकाको संरक्षण एवं विकासलगायतका विषयमा उत्साहजनक सुधार भएका छन् ।’मन्त्री आचार्यले बालबालिकाको विषयमा अझै प्रभावकारीरुपमा काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

बालबालिकासम्बन्धी नीति मन्त्रीपरिषद्मा पेश भएको र बालबालिकासँग सम्बन्धित मूलभूत रणनीतिहरुका साथ सरकार अगाडि बढीरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार  २ : २२ बजे