काठमाडौं । सांसद एबं नेपाली कांग्रेसका नेता प्रदिप पौडेलको पहलमा काठमाडौं क्षेत्र नं ५ अन्तर्गतका टिचिङ अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निशुल्क रगत लिन सकिने व्यवस्था कार्यन्वयनमा आउने भएको छ ।यो ब्यबस्था छिट्टै कार्यन्वयनमा आउन लागेको नेता पौडेलले जानकारि दिएका हुन् ।
यसअघि संसदमा बजेटको विनियोजन शीर्षकमाथि स्वास्थ्य मन्त्रालय अन्तर्गतको छलफलमा पौडेलले व्यक्तिले निशुल्क दान गरेको रगत रगतको आवश्यकता परेको अर्को व्यक्तिले पनि निशुल्क पाउनु पर्ने बिषय उठाएका थिए ।
नेता पौडेलले उक्त ब्यबस्था कार्यान्वयन गराउनका लागि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ र प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीसँग छलफल र आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ र स्वास्थ्य मन्त्री उत्तम जोशीको सक्रियतामा निशुल्क रगत पाउने ब्यबस्था कार्यान्वयनमा आउन लागेको हो ।
यस अन्तर्गत सुरुमा काठमाडौं क्षेत्र नं ५ का टिचिङ अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निशुल्क रगत लिन सकिने व्यवस्था तत्काल कार्यन्वयनमा आउनेछ भने अन्य अस्पतालहरुमा पनि यो व्यवस्था कार्यन्वयनमा आउनेछ ।














