सुनचाँदीको मूल्य स्थिर



काठमाडौं, ८ असोज । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ११ : २० बजे