काठमाडौं । फिल्मकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिमा सदस्यमा मनोनित भएका छन् । लोसपाको कार्यकारिणी समितिको बैठकले पार्टिको वागमती प्रदेश अध्यक्ष समेत रहेका श्रेष्ठसहित तीन सय ११ जनालाइ पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनित भएपछि फिल्मकर्मीको आवाजलाई बलियो बनाउने फिल्मकर्मी श्रेष्ठले बताए । उनले राजनीतिक पार्टीले कलाकर्मीलाई प्रचारका लागि मात्र प्रयोग गर्न नहुने बताए । चलचित्रको नितिगत विषयसँगै देखिएका समस्यालाई केन्द्रीय समितिको वैठकमा उठाउने उनले उललेख गरे ।
लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेकाछन् । वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन् । पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ ।














