आज विश्व पशु दिवस



काठमाडौं, १७ असोज । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा विभिन्न जनावरलाई धार्मिक दृष्टिले देवीदेवताको वाहनको रुपमा पुज्ने चलन रहिआएको छ । हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना पनि गरिन्छ ।


नेपालमा गाईलाई राष्ट्रिय जनावर घोषणा मात्र गरिएको छैन् लक्ष्मीको प्रतिक मानेर गाईपूजा गर्ने गरिन्छ । विशेष गरी तिहारमा पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई भिन्नभिन्न देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ ।राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका गोरु र घरपालुवा जनावरप्रतिको मानवीय व्यवहार भने पछिल्लो समय क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि वा बुढो भएपति गाई,गोरु लगायतका जनावरलाई सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएकोमा पशु संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।यस्तै तिहारमा पूजिने कुकुरलाई पनि विरामी वा बुढो भएपछि बाहिर लगेर छोड्ने प्रचलन बढेको पाइन्छ । यस्तो प्रवृतिले ति पशुको अधिकार हनन मात्र भएको छैन् मानिसमा समेत सुरक्षा चुनौति थपिएको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ८ : ५७ बजे