काठमाडौं । सांसद एबं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शिक्षकहरूसँग गरिएका सहमति कसरी शिक्षा विधेयकमा समेटिन्छन् भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सैद्धान्तिक छलफलमा भाग सांसद पौडेलले लिदै नेता पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि अशोककुमार राईलाई प्रश्न गरेका हुन्।
‘शिक्षा मन्त्रीलाई मेरो प्रश्न छ, पौडेलले भने, शिक्षकहरूसँग गरिएका सहमति विधेयकमा कसरी समेटिन्छ ?’ ।विधेयकमा गुणस्तरीय शिक्षाबारे खासै बुँदा समावेश नभएको उनले टिप्पणी गरेका छन्। उनले शिक्षा सोच, सीप र समृद्धिसँग जोडिनुपर्ने पनि बताए।पौडेलले सरोकारवाला पक्षहरूसँग छलफलबिनै विधेयक ल्याइएको दाबि गरे।
‘विद्यालय शिक्षा विधेयक सदनमा छलफलका लागि आएको छ। तर यसले जुन खुसी ल्याउनुपर्ने, आशा सञ्चार गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन,’ उनले भने, ‘शिक्षा मन्त्रीलाई पनि थाहा छ, नेपालमा दुई लाख हाराहारीमा शिक्षक छन्। उनीहरू यस विषयको मुख्य सरोकारवाला हुन् तर उनीहरूसँग संवाद नगरी विधेयक दर्ता भयो।’
सरकारले नेपाल शिक्षक महासंघ र राहत शिक्षकहरूसँग विभिन्न विषयमा सहमति गरेको थियो।विधेयक दर्तापछि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले सम्झौता गरेको उनले बताए।














