इजरायलमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धान्जली अपर्ण गर्दै माइतीघरमा दीप प्रज्वलन



काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चले इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको सम्मानमा दीप प्रज्वलन आयोजना गरेको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चले सद्भाव कायम गर्न र विश्वव्यापी शान्तिको प्रर्वद्धनको सन्देश दिने उद्देश्यले हमास लडाकुले गरेको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको सम्झनामा ‘मैनबत्ती प्रज्वलन’कार्यक्रम आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ५९ बजे