इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेष्टिनीको संख्या एक हजार ४१७



cकाठमाडौं । गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

इस्लामिक रेजिस्टेन्स मुभमेन्ट ९हमास० ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो ।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  १० : १२ बजे