अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइएको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाको बेठकमा अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफलपछि उनले उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्ने बताए ‘अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइने छ ।उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्नेछ । र स्वावलम्बि जिवन यापन गर्न सबै खालको सहयोग गर्नेछौं ।’


उनले क्षमता र रुचि अनुरुपको कामका लागि स्थानीय सरकार संगको सहकार्यमा नतिजा मुखि काम गर्न सरकार प्रयत्नशिल रहेको बताए ।‘अपाङगता वा फरक क्षमता भएका श्रम सम्बन्धी वा रोजगार सम्बन्धी हकलाई सरकारले उच्च प्राथमीकतामा राखेको छ । अपाङगता वा फरक क्षमता भएका व्यक्तिहरु लक्षित विभिन्नरोजगार मुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ । ’प्रधानमन्त्री रोजगार कार्यक्रम युवा स्वरोजगार कार्यक्रम गरिबी निवारण जस्ता कार्यक्रकम भित्र अपाङगता भएका लाभग्राहीहरुलाई उच्च प्राथमिकता दिने उनको भनाई छ ।उनले अगामी दिनमा यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै लाने सरकारी नीति रहेको बताए ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  २ : २४ बजे