नेपाल एयरलाइन्सको टिकट कालोबजारीमा बिक्री भइरहेको छ : सांसद खतिवडा



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल एयरलाइन्सका टिकटहरु कालोबजारीमा बिक्री भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा रहेकोमा सरकारले ध्यान दिई नेपाल एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउन माग गरे ।

उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरु मङ्गो छन् । कालोबजारीमा बिक्री भइरहेका छन् । एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा छ । यसबारे सरकारको ध्यान जाओस् । नेपालको एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउनुप¥यो ।’उनले बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै यसको नियन्त्रणमा सरकारलाई अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ३ : २० बजे