मानव सेवा आश्रमको पूर्ण जिम्मेवारी राज्यले लिन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको मानव सेवा आश्रमलाई राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस केहि भोकै हुन नपरुन भन्ने हेतुले आजदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई सम्बोधन गर्दै उनले, सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको आश्रमले गरेको यो अभियानको उनले खुलेर प्रशंसासमेत गरे । राजनीतिज्ञको जिवनमा अनेक तरहका काम र जिम्मेवारी हुने हुदा समाज सेवालाई नजिकबाट नियाल्ने अवसर र समय थोरै हुने भन्दै उनले ‘ यस्तो कार्यक्रममा आउँदा मलाई अलिकति सन्तोष, तनावमुक्त, मानव जीवनका अरु पनि पक्ष छन् भन्ने अनुभूत भए जस्तो भएको छ ।’ भने ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ७ : ३४ बजे