राष्ट्रपतिले टीकाको दिन ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

बडादशैं, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  ४ : ३६ बजे