प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तर भेटमा के कुरा भयो भन्नेबारे प्रधानमन्त्री कार्यालय तथा पूर्व प्रधानमन्त्री ओलीको सचिवालयले औपचारिक रुपमा केही जानकारी दिएको छैन् ।

भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा भएको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०८० शुक्रबार  ३ : ४५ बजे