काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।
पौडेलले राष्ट्रप्रमुखको रुपमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी त्यहाँ नवदुर्गा भवानीको पूजा गरेका हुन् ।
१५ दिन लामो २०८०को बडादशैं आजदेखि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ ।














