राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबारमा, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता



काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । सिंहदरबार छिरेलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका हुन् ।

परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यसूचि छ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् ।

काठमाडौँ, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता सुरु भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् ।

प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार  २ : ४६ बजे