काठमांडौ । सांसद एबं कांग्रेस नेता प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको भूकम्प पिडितहरुलाइ सहयोगस्वरुप एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका छन् । भूकम्पपिडितहरुलाइ राहत र पुनर्स्थापनाका लागि एक महिनाको तलब सहयाग गरेको नेता पौडेलले जानकारि दिएका छन् ।
उनले भनेका छन्, ‘यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । साथै, राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु ‘।’
जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको उनले उल्लेख गरेका छन् ।पौडेलले भूकम्पमा परी ज्यान गुमाएका दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना समेत गरेका छन् ,।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ठुलो जनधनको क्षति भएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि सरकारसँगै बिभिन्न संघ संस्था र व्यक्तिहरु समेतले सहयोग गरिरहेका छन् ।














