राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउन रक्षामन्त्री खड्काको निर्देशन



काठमाडौं । उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले, भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए ।
उनले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्याइने बताए ।

शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई ट्रकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामग्री सेनाकै हेलिकप्टरले ढुवानी गरिररहेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लामा नै छन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  १ : ४१ बजे