काठमाडौं । कुमारी बैंकले तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।
यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासव्याक दिने जनाएको छ ।
क्यासव्याक रकम क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबार प्रदान गरिने बैंकले जनाएको छ । क्यासब्याक अफर आगामी कार्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
देशभर रहेका ३०८ शाखा, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरूबाट आफ्नो बृहत सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने बैंकले प्रतिबद्धता जनाएको छ ।











