यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ ।यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  १० : २४ बजे