रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो एक करोड दुइ लाख मृत्यु दाबी भुक्तानी



काठमांडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । ५० लाखको बिमा गराएका प्रदिप ज्ञवालीको दुर्घटनामा परि मृत्यु भएकोमा मृतककी आमा श्रीमती टिका कुमारी घिमिरेलाइ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सो भुक्तानी गरेको हो

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।

प्रकाशित मिति : कार्तिक २३, २०८० बिहीबार  २ : २७ बजे