काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने



काठमाडौं स् काठमाडौं महानगरका मेयर बालेन शाहले तिहारमा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन् ।

उनले सुरक्षाका लागि महानगर प्रहरीले पेट्रोलिङको व्यवस्था गरेको बताएका छन् । विगतमा प्रशासनले काठमाडौंमा देउसी खेल्न राति नौ बजेसम्म मात्रै अनुमति दिने गरेको थियो ।

काठमाडौं महानगरका मेयर शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत् राति एक बजेसम्म मर्यादित भएर देउसी भैसी खेल्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’

मेयर शाहले रातिसम्म देउसी भैलो खेल्न मिल्ने गरी काठमाडौं प्रशासन र प्रहरीलाई आवश्यक सुरक्षा प्रवन्ध मिलाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार  १ : ३१ बजे