यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०८० बिहीबार  ९ : १६ बजे