आजियाटा एनसेलको सबै शेयर बेचेर नेपालबाट बाहिरिने



काठमाडौँ । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै शेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको छ । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै शेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले एनसेलको सबै शेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए ।

सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ ।

सात वर्षअघिदेखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ४ : ४५ बजे