एनसेलको शेयर बिक्री बारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री डा.महत



चितवन– अर्थमन्त्री डा। प्रकाशशरण महतले एनसेलको शेयर खरिदबिक्रीबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन्। चितवन पुगेर पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा।महतले सूचना लिने काम भइरहेको बताएका हुन्।

पत्रकारको जिज्ञासामा मन्त्री महतले भने, ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।
एनसेलको ८० प्रतिशत स्वामित्व रहेको मलेसियन कम्पनी आजियाटाले सरकार र नियामन निकायको अनुमति बिना नै शेयर बेचेको हो ।

आजियाटाले एनसेलमा रहेको आफ्नो लगानी २० प्रतिशत लगानी भएका सतीशलाल आचार्यको २ महिनाअघि दर्ता भएको कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति नलिई एक्जियाटाले सेयर बेचेको हो।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  १० : ४८ बजे