कुमारी बैंकको नँया अफर, नागरिक बचत खातामा डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग निःशुल्क



काठमाडौं । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि छुट तथा अफरहरु प्रदान गर्ने भएको छ ।

आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा ग्राहकहरूले एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । सो खातामा न्युनतम रकम रु एक हजार हुनुपर्ने र सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुने बैंकले जनाएको छ ।

बैंकले देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : पुस ३, २०८० मंगलबार  ५ : ३३ बजे