काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा बैंकले ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड प्राप्त गरेको हो ।
बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
देशभरिका ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ विस्तारित काउन्टरमार्फत बैंकले अत्याधुनिक वित्तिय सेवा प्रदान गर्दै आएको छ ।











