देशैभर चिसो बढ्दै, मौसमविद्ले भने–चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनू



काठमाडौं । काठमाडौं उपत्यका लगायत देशैभरि चिसो क्रमश बढ्दै गएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।

प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार  ९ : ०७ बजे