सोलुखुम्बु घटनाप्रती नेकपा बिप्लब समुहका नेता प्रकाण्डकाे विज्ञप्ति : कारवाही गर्ने हाम्रो नीति छैन (विज्ञप्ति सहित्)



जेठ २०,काठ्माण्डौ-

सोलुखुम्बुमा बिप्लब नेकपाका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्न खोजेको समाचारहरुले दिन भरी नै सबैको ध्यान तानी रहदा आजै विज्ञप्ति जारी गर्दै नेकपाका बिप्लब समुहका नेता प्रकाण्डले  सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेका छन्।

उनले बिज्ञप्तिमा पार्टीमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन ।

बिज्ञप्तिमा उनले’सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छ’ भनेका छन । विज्ञप्तिमा भनिएको छ,’सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।’

विज्ञप्ति-

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  १२ : ४२ बजे