खेलाडी पलायन रोक्न कार्यक्रम ल्याउँछौंः खेलकुद मन्त्री लिम्बु



काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन् । उनले आर्थिक वर्ष ०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए ।

बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागि बजेट नै प्राथमिक साधन भएकाले बजेटको सिलिङ बढाउनमै अहिले मन्त्रालय लागेको बताए ।

मन्त्री लिम्बुले भने, ‘यो मन्त्रालयको बजेटको सिलिङ् बढाउनुपर्छ भनेर राष्ट्रिय योजना आयोग र सरोकारवाला विभिन्न निकायमा मन्त्रालयको तर्फबाट पहल भइरहेको छ । जबसम्म यसको सिलिङ् बढ्दैन्, हामी थप कार्यक्रमहरु गर्नसक्ने अवस्थामा रहदैँनौ ।’

उनले अर्थतन्त्रलाई ध्यानमा राखेर नयाँ बजेट ०८१–८२ को लागि सैद्धान्तिक छलफलहरु गरिरहेको र त्यसमा बजेटको सिलिङ् बढाउने विषय मुख्य प्राथमिकतामा राखेको उल्लेख गरे ।

‘खेल क्षेत्रलाई प्रबद्र्धन गर्ने र विगतको जुन पीडा र कठिनाई हामीले अनुभूति गरेका छौं,त्यसबाट नेपालको खेल क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक गृहकाय गरिरहेका छौ,’ मन्त्री लिम्बुले भने ।

मन्त्री लिम्बुले खेलाडीलाई प्राथमिकतामा राखेर व्यवसाय गर्न चहाने खेलाडीका लागि स्वरोजगार कोषको माध्यमबाट दिँदै आएको सस्तो व्यवसाय कर्जालाई आगामी वर्षबाट दुई लाखबाट बढाएर ५ लाख रुपैयाँसम्म पुर्याउने गरी कार्य गरिरहेको बताए ।

प्रकाशित मिति : माघ १७, २०८० बुधबार  ४ : ४५ बजे