बैंकबिरुद्द हौवा फैलाउनेलाई कारबाही गर्न ढिलो गर्दैनौंँ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ’ भनेर फैलाइएका हल्लामा कुनै सत्यता नभएको बताउदै गलत हल्ला फैलाउनेलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने पनि चेतावनी दिएका छन्।

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले वित्तीय क्षेत्रमा हौवा फैलाएर बाहिरी संकट ल्याउने दुष्प्रयास भइरहेको भन्दै हल्ला फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले भने ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौंँ, गलत सन्देश दिएर र भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरी राजनीतिक उद्देश्य प्राप्ति हुदैन’

महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताए । शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए ।

अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरु लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

गरिव र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरु टुङ्ग्यानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ७ : ५४ बजे