काठ्माण्डौ-
सम्पती सुद्धिकरणको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपल्स पार्टीका सहयाक प्रमुख आसिफ अली जरदारी गिरफ्तारीमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
जरदारीले फर्जी बैंक अकाउंट मार्फत पाकिस्तान बाहिरा पैसाअ पठाएको आरोप को सामना गरी रहेका थिय । पाकिस्तानमा भ्रष्टाचार माथी निगरानी राख्ने एजेंसी एनबीए ले उनको बिरुद्द गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । समाचारमा जनाइए अनुसार उनकी बहिनी पनि पक्राउ पर्ने सम्भाबना रहेको छ ।
सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकाय अन्तरगत टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । सम्पत्ति सुद्धिकरणको मुद्दामा अलीसहित उनकी बहिनी फरायल तालपुरको पुनरावेदन सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
आमिर फारुक तथा मोहसिन अख्तर कियानीको इजलासले अलीको मुद्दा खारेज गर्दै गिरफ्तारीको आदेश दिएको हो । जरदारी र उनकी बहिनी सम्पत्ति सुद्धिकरण मुद्दामा मुख्य अभियुक्त थिए ।
ठुलो सङ्ख्यामा परिचालन गरिएका सुरक्षा कर्मी हरुले इस्लामाबाद बाट उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।










