कागेश्वरी मनोहरालाई खेलकुद नगरको रुपमा स्थापित गर्छौ : नगर प्रमुख कार्की



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरको रुपमा स्थापित गरिने बताएका छन् ।

९ औं अमरसिंह फुटबल प्रतियोगितालाई सम्बोधन गर्दै उनले पूर्वाधार विकास र खेलकुद जन्य गतिविधिलाई एकै साथ सँगै अगाडि बढाई रहेको बताए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद आयोजनाको कारण नगरपालिका क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको र नगरवासीहरू उत्साहित रहेको उनको भनाइ छ ।

कार्कीले खेलकुदको बिकाशका लागि कुनै कसर बाकि नराखि काम गर्ने भन्दै केन्द्र सकारसँग थप समन्वय गरेर कागेश्वरी मनोहरालाई खेलकुद नगरको रुपमा स्थापित गरिने दाबि गरे ।

प्रकाशित मिति : बैशाख १९, २०८१ बुधबार  ६ : २७ बजे