काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गरेएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेएको जानकारी दिए ।
“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गरेएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुयाउनुभएको सेवाका लागि धन्यवादसमेत दिएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।














