काठमाडौँ । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन्। सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसले उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो।
प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो। उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ,’ उनले भने, प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए।
बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए।














