काठमाडौं । संसद सचिवालय, संसदीय समिति र सांसदहरुले एनजिओरआएनजिओहरुबाट सहयोग लिन नपाउने भएका छन ।संघीय संसद् सचिवालयले गैरसरकारी संस्थाको सहयोग नलिन आफू मातहत समितिहरूलाई निर्देशन दिएसँगै संसद सचिवालय, संसदीय समिति र सांसदहरुले एनजिओरआएनजिओहरुबाट सहयोग लिन नपाउने भएका हुन् ।
मंगलबार सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारि गर्दै संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् ।
‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्थाहरुले संघीय संसद अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरुको सम्लग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ।’पाण्डेयले जारि गरेको सूचनामा भनिएको छ ।
गग आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक नै स्थगित भएको थियो ।














