प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारि



काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा। अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। योसँगै बजेटका मन्त्रालयगत शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिनेछ।

यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

प्रकाशित मिति : असार ५, २०८१ बुधबार  ८ : १६ बजे