सरकारले बजेटमा सत्ता र शक्तिको दुरुपयोग गरेको कांग्रेसको निश्कर्ष



काठमाडौं, ५ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयगत बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको बताएका छन् । आज ९बुधबार० संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रीहरुले अधिकांश बजेट आफ्नै जिल्ला र क्षेत्रमा लगेको बताएका हुन् ।

‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटी भयो । मन्त्रीजीहरूले आफ्नो-आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो, लेखकले भने । लेखकले बजेटको मुख्य मान्यतामै त्रुटि रहेको बताउँदै संशोधन गर्न आवश्यक रहेको बताए । मन्त्रालयगत बजेटको सन्दर्भमा अपरिपक्व र गैरजिम्मेवार काम भइरहेको बताए ।

‘मन्त्रीजीहरूले मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो,’– उनले भने ।

प्रकाशित मिति : असार ५, २०८१ बुधबार  ६ : १४ बजे