कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ बजे



काठमाडौं । संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरुले बताएका छन् । त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ ।

आजको बैठकमा बजेट पातिर गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् ।

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार  ९ : ५१ बजे