स्थानियको आक्रोश : प्रधानमन्त्रीको गृह जिल्ला झापामा सडकमै धान रोपेर मनाइयो रोपाइ दिबस



बिर्तामोड-

सडक मर्मत नभएपछी पछी आक्रोशित किसानहरुले प्रधानमन्त्री केपी ओलिको गृह जिल्ला झापामा सडकमै धान रोपेर रोपाइ दिबस मनाएका छन ।

बिर्तामोडबाट झापाको सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भएरा हैरानी लामो समय सम्म हैरानी खेप्नु पर्दा पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् ।

सडक मर्मत नभए पछी सरकारलाई व्यंग्य गर्दै धान रोपिएको स्थानिय हरुले बताएका छन ।धान रोपेपछि सडकमै दही चिउरा खाएर उनिहरुले असार १५ मनाएका छन ।

स्थानिय मुक्ति चोकदेखि सैनिक मोडसम्म ४ लेन र बाँकी दुई लेनको बाटो बनाउने गरी ठेक्का प्रक्रिया सुरु भइसकेको भए  पनि सरकारी उदासिनताका कारण काम अघी बढ्न सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको भए पनि सरकारी लापर्बाहीका कारण समयमै सडक मर्मत नहुँदा स्थानियहरुले शास्ती बेहोरिरहेका छन ।

प्रकाशित मिति : असार १५, २०७६ आइतबार  ७ : ५० बजे