काठमाडौं-
३ महिना अघिबाट दिनमा १० घण्टा बन्द गरिएको काठमाडौं विमानस्थल भोलीबाट पहिलेकै समयमा खुल्ने भएको छ।
३ महिना अघि च चैत १८ गतेबाट विमानस्थल दिनमा १० घण्टा बन्द गरी धावन मार्ग मर्मत गर्न थालिएको थियो ।
चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेसनले ट्याक्सी वेसहितको कालोपत्रे फेर्ने कामका लागि ४ अर्ब २७ करोड नेपाली रुपैयाँमा ठेक्का सम्झौता गरी काम सम्पन्न गरेको हो ।दैनिक ९० जना कामदारले परिचालन भएर ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काम गरेका हुन्। यसअघि धावनमार्ग कमजोर हुँदा वर्षाको समयमा चिरा पर्ने गरेको थियो। जसले गर्दा दैनिक उडान प्रभावित हुँदै आएको थियो।
भोलिदेखि २१ घण्टा खुले पनि ट्याक्सी वेको काम सुरू गर्नका लागि भदौ १५ देखि पुस १५ सम्म फेरि विमानस्थल फेरि ८ घण्टा बन्द हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले बताए ।










