काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै दाहाललाई पद छाड्न दबाब दिँदै आएका छन्। एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता गराएको हो।
यसअघि दाहालले २०७९ पुस २६ विश्वासको मत लिदा २६८, २०७९ चैत ६ मा १७२ मत पाएका थिए। त्यस्तै २०८० फागुन ३० मा १५७ र २०८१ जेठ ७ गते पनि १५७ जना सांसदको समर्थन पाएका थिए।














