इटहरी-
केहि दिन अघी काठ्माण्डौ बारको चुनाबमामा कांग्रेस निकट कानुन व्यवसायीले नेकपा निकट कानुन ब्यबसायीहरुलाई पत्ता साफ बनाए सगै इटहरी उद्योग बाणिज्य संघको चुनाबमा पनि नेकपा निकट ब्यबसायीहरुको प्यानल नै पराजित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ इटहरीको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायीहरु अत्यधिक मतले विजयी भएका हुन ।उद्योग र वाणिज्यतर्फ दुबै समुहमा कांग्रेस निकट व्यवसायीहरु निर्बाचित भएका हुन ।
कांग्रेस निकट पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७, मुक्ती दाहाल २९९, बिष्णु नारायण डागीँ ३०५, लक्ष्मण हुमागाइ ३०५ मत प्राप्त गरी बिजयी हुँदा विष्ट समूहका राजेन्द्र केसरी घिमिरे २५५, राजन भेटवाल २३२, बज्र लिम्बु २२४, किशन खेडिया १९३ मत प्राप्त गरेका थिए।
यसैगरि वाणिज्यतर्फ भीम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । आईतबार विहान आएको परिणाम अनुसार पौडेल समूहका विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए।
त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन ।
त्यस्तै बिष्ट समूहका कमल पौडेल १७४६, टंकप्रसाद खनाल १६८९, देवराज मादेन १६६९, माधव न्यौपाने १५२१, फडिन्द्र मगर १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ १४०६, भोलाप्रसाद निरौला १३७२, राजेश खनाल १३४४ मत प्राप्त गरे।
महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याए।
बस्तुगततर्फ बलराम भण्डारीले ९ मत लिएर विजयी भएका छन्। विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८,८ आए पछि बराबरी भयो भने सुरेश कार्कीको ७ मात्र आयो ।
काँग्रेस निकट ब्यबसायीहरुलाई बिजयि बनाउन नेपाली काँग्रेस सुनसारी जिल्ल्लाका सबै नेताहरु र पार्टिका सबै भात्री संस्थाका नेता कार्यकर्ताहरु सकृयताका साथ लागेका थिय ।










