काठमाडौं, २४ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानलेले बुझाएको राजीनामा स्वीकृत गरेका हुन् ।
योसँगै प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालयको जिम्मेवारी आएको छ । यसअघि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेका छन् । उनले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।














